स्थानीय चुनावपछि मात्र नेकपाको राष्ट्रिय महाधिवेशन

स्थानीय चुनावपछि मात्र नेकपाको राष्ट्रिय महाधिवेशन

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले स्थानीय तहको निर्वाचनपछि मात्र महाधिवेशन गर्ने निर्णय गरेको हो।

तर, वडा र पालिकास्तरको अधिवेशन भने चुनाव अघि नै गरिने नेकपा नेता प्रकाश ज्वालाले जानकारी दिए। आगामी पौष ११ गते देशभर एकैसाथ वडास्तरको अधिवेशन आयोजना गरिने उनले बताए।

त्यसैगरी, माघ १५ गते देशभरका सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूमा एकै दिन अधिवेशनहरू सञ्चालन गरिने उनले जानकारी दिए। तल्लो तहका अधिवेशन सकिएपछि र स्थानीय तहको निर्वाचनपछि मात्र जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन आयोजना गरिने ज्वालाले बताए।

असोज २३, २०८३ शुक्रबार १८:१९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।