कांग्रेस महाधिवेशन : साढे २ बजेसम्म खस्यो तीन हजार ७५४ मत
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे २ बजेसम्म तीन हजार ७५४ मत खसेको छ।
पार्टीको निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहमा तोकिएका मतदान केन्द्रमा मतदान जारी छ। कुल सात हजार ३१७ प्रतिनिधिमध्ये अहिलेसम्म तीन हजार ७५४ जनाले मतदान गरेका छन्।
दिउँसो साढे २ बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा एक हजार २०७ प्रतिनिधिमध्ये ६१३, मधेसमा एक हजार २३४ मध्ये ५९०, सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका दुई हजार ४५७ मध्ये ७३३ जनाले मतदान गरेका छन्।
त्यस्तै, लुम्बिनीमा एक हजार ७९ प्रतिनिधिमध्ये ५७९, गण्डकीमा ७८७ मध्ये ५०७ र बागमतीमा एक हजार ४९१ मध्ये ७३२ जनाले मतदान गरेका छन्। निर्वाचन समितिले यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकेको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्याएको छ।
मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन रहेकाले समय थप गरिएको हो। मतदान निर्वाध रूपमा चलिरहेको निर्वाचन समितिले जनाएको छ।
असोज २३, २०८३ शुक्रबार १६:०३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।