कांग्रेस महाधिवेशन : मतदानको समय दुई घण्टा थप
काठमाडौं : काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्याइएको जानकारी दिएको हो। यसअघि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको थियो।
केन्द्रीय नयाँ कार्यसमिति चयनका लागि शुक्रबार बिहानदेखि मतदान सुरु भएको थियो। महाधिवेशनको लागि देश विदेशबाट सात हजार ३१७ जना महाधिवेशन प्रतिनिधि काठमाडौंमा छन्।
असोज २३, २०८३ शुक्रबार १४:४९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।