कांग्रेस महाधिवेशन : सुरुवाती दुई घण्टामा खस्यो १ हजार २९३ मत
काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा सुरुवाती दुई घण्टामा १ हजार २९३ मत खसेको छ।
निर्वाचन समितिका अनुसार बिहान ८:३० देखि १०:३० बजेसम्मको अवधिमा विभिन्न प्रदेश तथा समूहबाट उक्त संख्यामा मतदान भएको हो।
प्रदेशगत रूपमा खसेको मत विवरण अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको २५७, कोशी प्रदेशको २२२, बागमती प्रदेशको २१७, लुम्बिनी प्रदेशको २०२ र गण्डकी प्रदेशको १८८ मत खसेको थियो।
राष्ट्रिय सभा गृह र खुलामञ्च परिसरमा मतदान प्रक्रिया शान्तिपूर्ण र निर्वाध रूपमा जारी छ। प्रतिनिधिहरू लामबद्ध भएर सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू चयनका लागि मतदान गरिरहेका छन्।
असोज २३, २०८३ शुक्रबार १२:००:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।