बुढानीलकण्ठ क्षेत्रमा फेला पर्‍यो २१ किलो सुन, चिनिया नागरिक अनुसन्धानको घेरामा

बुढानीलकण्ठ क्षेत्रमा फेला पर्‍यो २१ किलो सुन, चिनिया नागरिक अनुसन्धानको घेरामा
सांकेतिक तस्बिर

काठमाडौँ : प्रहरीको विशेष अपरेसनमा काठमाडौंको बुढानीलकण्ठमा २१ किलो सुन फेला परेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको पुष्टि भए पनि विस्तृत विवरण भने सार्वजनिक भएको छैन।

स्रोतका अनुसार केही सुन ढिक्का र केही सुन तरल रूपमा रहेको अवस्थामा केही चिनिया नागरिक पक्राउ परेका हुन्। पक्राउको एकिन संख्या खुलेको छैन। पछिल्लो समय नेपालमा सुन तस्करीमा चिनिया नागरिकको संलग्नता खुल्दै आएको थियो। प्रहरीले यस अगाडि ब्रेकशूको आवरणमा नेपालमा सुन ल्याएर तस्करी गर्ने संगठित गिरोह फेला पारे पनि सहयोगीहरू मात्र पक्राउ परेका थिए। मुख्य चिनिया नागरिक फरार थिए।

प्रहरीले भेपको आवरणमा भएको सुन तस्करीको जालो समेत भत्काएको थियो। त्यसयता सानो परिमाणका सुन बरामद भए पनि यति ठूलो सङ्ख्यामा  सुन बरामद भएको थिएन।

असोज २२, २०८३ बिहीबार २२:४६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।