विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ

विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको वरिष्ठ उपाध्यक्ष पदको सपथ लिएकी छन्। 

बिहीबार पार्टीको कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमकाबीच भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ गराएका हुन्।  

असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो। भण्डारीले बरिष्ठ नेताको पदमा शपथ ग्रहण गरेपछि स्थायी कमिटी बैठक औपचारिक रूपमा सुरु भएको छ।

लगातार दुईपटक राष्ट्रपति भएकी भण्डारी बिहीबारबाट औपचारिक रूपमा पुनः दलीय राजनीतिमा फर्किएकी हुन्। राष्ट्रपति बन्नुअघि उनी एमालेको उपाध्यक्ष थिइन्।

असोज २२, २०८३ बिहीबार १४:३८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।