महाधिवेशनबाट कांग्रेसमा गुट अन्त्य भएको थापाको घोषणा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएकाले महाधिवेशनपछि गुटगत आधारमा नभई एकताबद्ध पार्टीका रूपमा अघि बढ्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा उनले पार्टीभित्र सबै किसिमको गुट सकिएको दाबी गरे। “आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन,” उनले भने।
पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने थापाको भनाइ थियो। यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित गरेको उनले बताए।
थापाले आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिने बताए। थापाले महाधिवेशन सकिए लगत्तै स्थानीय तहको निर्वाचनसम्म दिनरात खटिने बताए।
असोज २१, २०८३ बुधबार १९:३१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।