कांग्रेस उपसभापतिका उम्मेदवार चालिसेले फिर्ता लिए उम्मेदवारी

कांग्रेस उपसभापतिका उम्मेदवार चालिसेले फिर्ता लिए उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका देवराज चालिसेले उम्मेदवारी फिर्ता लिएका छन्।

चालिसेले बुधबार उम्मेदवारी फिर्ता लिएको पार्टीको निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले जानकारी दिए। यसअघि मङ्गलबार उनले निर्धारित समयमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए।

गत पुसमा भएको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि चालिसे कांग्रेसका प्रवक्ता जिम्मेवारीमा छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि बिहीबार मतदान हुँदैछ।

असोज २१, २०८३ बुधबार १७:१६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।