मुगुमा अचानक पहिरो खस्दा बोलेरो जिप पुरियो

मुगुमा अचानक पहिरो खस्दा बोलेरो जिप पुरियो

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका- १२ स्थित सुनाता खोला नजिकै बिहीबार बिहान पहिरो खस्दा एक बोलेरो जिप पुरिएको छ। पहिरो खस्ने समयमा जिपमा कोही पनि नरहेकाले मानवीय क्षति भने हुन पाएन।

प्रहरीका अनुसार गमगढीबाट सुनातातर्फ गएर फर्कने क्रममा लु.प्र. ००१०१ च १२११ नम्बरको जिपमाथि बिहान करिब साढे १० बजे अचानक माथिबाट पहिरो खसेको थियो। जिप विशाल खत्रीले चलाइरहेको थिए। समयमै सतर्कता अपनाइएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। 

पहिरो खसेपछि अस्थायी प्रहरी पोष्ट रोवाबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको नेतृत्वमा खटिएको टोली दिउँसो १:२० बजे घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी पोष्टबाट करिब दुई घण्टा पैदल दक्षिणतर्फ पर्दछ।

पहिरोले पुरिएको जिप बाहिर निकाल्ने प्रयास भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

असोज २१, २०८३ बुधबार १४:४२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।