कांग्रेस महाधिवेशनको चौथो दिन : बन्द सत्रबाट प्रतिवेदनहरू पारित गरिँदै, सभापति थापाले सम्बोधन गर्ने

कांग्रेस महाधिवेशनको चौथो दिन : बन्द सत्रबाट प्रतिवेदनहरू पारित गरिँदै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत चौथो दिन आज बन्द सत्रमा विभिन्न प्रतिवेदनहरू पारित गरिँदैछ।

बिहान साढे १० बजेदेखि पुनः सुरु हुने बन्द सत्रमा पार्टी नेतृत्वद्वारा प्रस्तुत राजनीतिक, समसामयिक, साङ्गठनिक र आर्थिक प्रतिवेदनहरू पारित गर्ने कार्यसूची छ।

आजको सत्रले सभापति गगनकुमार थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गर्नेछ।

सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार गत सोमबारदेखि जारी बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले यी प्रतिवेदनमाथि विस्तृत छलफल गरेका छन्।

छलफलमा सातै प्रदेशसहित भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

प्रतिनिधिहरूले उठाएका प्रश्न तथा सुझावहरूलाई समेटेर आज प्रतिवेदनहरू पारित गरिने र त्यसपछि पार्टी सभापति थापाले बन्द सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको डा. आचार्यले जानकारी दिए।

असोज २१, २०८३ बुधबार ११:१४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।