कांग्रेसमा ऊर्जा भर्न उपसभापतिमा उम्मेदवारी दिएको हुँ : मिनेन्द्र रिजाल
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका नेता डा. मिनेन्द्र रिजालले पार्टीको ८० वर्षको इतिहासलाई नयाँ ऊर्जासँग जोडेर एकताबद्ध कांग्रेस निर्माण गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।
मंगलबार उपसभापति पदमा मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग रिजालले गत फागुन २१ को निर्वाचनमा पराजय व्यहोर्नुपरेको अवस्थामा कांग्रेसलाई ऊर्जाको खाँचो रहेकाले आफूले उम्मेदवारी दिएको बताए।
"मसँग भएको अनुभव र साथीहरूले देखाउनुभएको ऊर्जा जोडेर अघि बढ्नुपर्छ। पार्टी एकता कमजोर हुँदा फागुन २१ को निर्वाचनमा पराजय व्यहोरेको छ। यस्तो बेला पार्टीलाई ऊर्जा चाहिएको छ, त्यसका लागि मेरो उम्मेदवारी हो," उनले भने।
कांग्रेसको ऊर्जा र अनुभवको संगमबाट एकतावद्ध बनाएर अघि लैजानुपर्ने रिजालको धारणा छ। उनले आगामी दिनमा लोकप्रिय र पहिलो पार्टी बनाइने उद्घोष पनि गरे।
असोज २०, २०८३ मंगलबार १९:४९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।