दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश
काठमाडौं : जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंलाई दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी शिव खतिवडाले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश भएको जानकारी दिए।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई असार १२ गते पक्राउ गरेको थियो।
प्रहरीले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै प्रसाईं विरुद्ध मुद्दा दर्ता गरेको थियो। सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले मंगलबार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
असोज २०, २०८३ मंगलबार १९:१०:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।