कांग्रेसको महामन्त्री पदमा नौ जनाको उम्मेदवारी दर्ता

कांग्रेसको महामन्त्री पदमा नौ जनाको उम्मेदवारी दर्ता

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत एक महिलासहित तीन महामन्त्री पदका लागि नौ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महामन्त्री महिलातर्फ तीन जना र खुलातर्फ छ जनाले मनोनयन दर्ता गराएका हुन्। महिलातर्फ डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ले मनोनयन दर्ता गराएका छन्। 

त्यसैगरी, खुलातर्फ शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे र अमरसिंह पुनको उम्मेदवारी दर्ता भएको छ। मनोनयन दर्ताको समय ७ बजेसम्म तोकिएको छ। अहिले मनोनयन दर्ताको प्रक्रिया चलिरहेको छ।

असोज २०, २०८३ मंगलबार १८:१२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।