सवारी दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद
काठमाडौं : सर्लाहीको कबिलासी नगरपालिका- ३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले एक सिक्सर पेस्तोल बरामद गरेको छ।
दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक तुलसी ठाकुरलाई सोमबार हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको हो। दुर्घटनामा उनको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको छ।
जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गर्दा उनी चढेको बीआर ३० वाई २८५३ नम्बरको मोटरसाइकल सोमबार दिउँसो करिब १ बजे आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटना लगत्तै जाँच गर्ने क्रममा ठाकुरको साथबाट एक थान सिक्सर पेस्तोल फेला परेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
असोज १९, २०८३ सोमबार १६:१०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।