महाधिवेशन प्रतिनिधिको बिहानी खाजामा अण्डा, हलुवादेखि फलफूलसम्म
काठमाडौं : नेपाली कांग्रेसको जारी महाधिवेशनमा नीति र नेतृत्वको रस्साकस्सीका बीच प्रतिनिधिहरूको बिहानी खाजाको समय भएको छ।
बन्दसत्र र राजनीतिक बहसअघि प्रतिनिधिहरूलाई बिहानी खाजाको व्यवस्था गरिएको हो। प्रतिनिधिहरूलाई बिहानको खाजा, दिउँसोको खाना र बेलुकाको खानाको प्रबन्ध पार्टीले गरेको छ भने बासको व्यवस्था प्रतिनिधि आफैँले गर्नुपर्नेछ।
प्रतिनिधिहरूको खाजाको प्लेटमा दुईवटा उसिनेको अण्डा, सुजीको हलुवा र तारेको रोटी समावेश गरिएको छ। त्यसैगरी, सानो कपमा तातो चना-केराउको झोल तरकारी राखिएको छ भने ताजा फलफूलका रूपमा काटेको खरबुजा र मेवाका टुक्राहरू पनि छ।
बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरूले बिहानी खाजा लिएर बन्दसत्रको तयारीमा जुटेका थिए।
असोज १९, २०८३ सोमबार ०९:१३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।