कानुनी चिकित्सकको नयाँ नेतृत्व चयन
काठमाडौं : फरेन्सिक मेडिसिन विशेषज्ञहरूहरूको संस्था कानुनी चिकित्सक संघको अध्यक्षमा डा. सृजना कुँवर चयन भएकी छन्।
असोज १७ गते काठमाडौंमा भएको ११औं साधारण सभाले संघको अध्यक्षमा पुनः डा. कुँवरलाई चयन गरेको छ।
संघको उपाध्यक्षमा डा. कस्चेभ श्रेष्ठ, सचिवमा डा. आयुष पौडेल उपाध्याय, कोषध्यक्षमा डा. देवेन्द्रमान पालिखे र सदस्यहरूमा डा. आहना श्रेष्ठ, डा. सन्तोष कोइराला, डा. शर्मिष्ठा धौभडेल र डा. विरेन्द्र मण्डल चयन भएका छन्।
यो संगठनले मेडिको लिगल अभ्यासलाई एकरूपता बनाउने, पोष्टमार्टमको ज्ञान तथा सिप आदानप्रदान गर्ने, चिकित्सकलाई क्लिनिकल फरेन्सिक तथा यौन दुर्व्यहार परीक्षण सम्बन्धि तालिम गराउने, कानुनी चिकित्सा सम्बन्धि जर्नल प्रकाशित गर्ने र विभिन्न कार्यशाला तथा सम्मेलन समेत गर्दै आएको फरेन्सिक मेडिसिन विशेषज्ञ डा. उपाध्यायले जानकारी दिए।
असोज १८, २०८३ आइतबार २१:२१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।