सभामुखले नाम गलत उच्चारण गरेपछि सांसद हमालले के भने?
काठमाडौं : प्रतिनिधि सभाको बैठकमा सभामुखले सांसदको नाम गलत उच्चारण गरेपछि संसद्मा रोचक दृश्य देखिएको छ।
बजेट अधिवेशनको अन्तिम दिन शुक्रबारको बैठकमा सभामुखले दलका तर्फबाट बोल्न समय दिने क्रममा नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता ‘प्रमेश कुमार हमाल’लाई ‘परवेस कुमार हमाल’ भनी सम्बोधन गरेका थिए।
सभामुखले नाम बिगारेर रोस्ट्रममा बोलाएपछि वक्तव्य दिन पुगेका सांसद हमालले सुरुमै आफ्नो नाम सच्याउँदै सभामुख र संसद् सचिवालयको ध्यानाकर्षण गराएका हुन्।
रोस्ट्रममा पुगेर उनले व्यङ्ग्यात्मक तर शालीन शैलीमा भने, “सभामुख महोदय, यहाँले मेरो नाम उच्चारण गर्ने बेलामा अलिकति कठिनाइ भएको मैले महसुस गरेँ। मेरो नाम ‘प्रमेश कुमार हमाल’ हो। त्यसैले गर्दा यो अलि सहज त छैन, तर म सचिवालयका अधिकारीज्यूहरूलाई पनि अलि याद गरिदिनुहुन अनुरोध गर्न चाहन्छु।”
सांसद हमालले आफ्नो नाम उच्चारण गर्न केही असहज भए पनि सचिवालयले सांसदहरूको नामको सही विवरण र उच्चारणमा ध्यान दिनुपर्ने बताएपछि संसद्मा केही बेर हाँसोको वातावरण बनेको थियो।
त्यसलगत्तै उनले सरकारको कार्यशैली, सीमा विवाद र अर्थतन्त्रका विषयमा आफ्ना गम्भीर राजनीतिक धारणा प्रस्तुत गरेका थिए।
असोज १६, २०८३ शुक्रबार १३:५१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।