कैलालीमा बाघको आक्रमणबाट च्याउ टिप्न गएका व्यक्तिको मृत्यु
कैलाली : कैलालीको गौरीगङ्गा नगरपालिका-६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट आज बिहान एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ४० वर्षीय कृष्ण चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीका अनुसार बिहान करिब ५ः०० बजे चौधरीसहित तीन जना च्याउ टिप्न सामुदायिक वनमा गएका थिए।
च्याउ टिप्ने क्रममा अचानक बाघले आक्रमण गर्दा चौधरीको घटनास्थलमै ज्यान गएको हो। उनीसँगै गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाउन सफल भएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज १६, २०८३ शुक्रबार ११:५३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।