गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर रुखमा ठोक्किँदा सहचालकको मृत्यु
कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सहचालक आशिष अधिकारीको उपचारका क्रममा बुटवलस्थित चौराहा अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।
स्थानीय पत्थरकोटबाट गोरुसिङ्गेतर्फ आउँदै गरेको लुप्र ०१–००१ क ०८४५ नम्बरको ट्याङ्कर अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको हो। प्रहरीले ट्याङ्कर चालक महेशप्रसाद चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
असोज १५, २०८३ बिहीबार १३:३२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।