संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, मन्त्रिपरिषद्को गत असोज १३ गतेको सिफारिस बमोजिम अधिवेशन अन्त्य गरिएको जानकारी दिएका छन्।

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संसद्को चालु अधिवेशन अन्त्य गरेको विज्ञप्तिमा उल्लेख छ।

असोज १५, २०८३ बिहीबार १३:२९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।