धादिङको त्रिशूली नदी किनारमा मानव हातको टुक्रा फेला
धादिङ : धादिङको गल्छी गाउँपालिका-४ बेल्खुस्थित त्रिशूली नदी किनारमा पहिचान नखुलेको मानव शरीरको बायाँ हात फेला परेको छ।
बुधबार साँझ करिब ७:३० बजे नदी किनारमा हातको टुक्रा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना पाउनासाथ प्रहरी चौकी बैरेनीबाट प्रहरी नायब निरीक्षक (सई) गणेश लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरेको थियो।
फेला परेको हातको टुक्रा परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ।
गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीमा पाँच हजारभन्दा बढी बेपत्ता भएका थिए। जसमध्ये अहिलेसम्म १४ सय जनाको मात्र शव भेटिएको छ।
उक्त मानव हात पनि बाढीमा बेपत्ता भएकैको हुनसक्ने प्रहरीको अनुमान छ।
असोज १५, २०८३ बिहीबार ०९:५५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।