सिन्धुलीका सबै स्थानीय तहमा कांग्रेस अधिवेशन सकियो. गोलन्जोरमा बच्चन सभापति
काठमाडौं : नेपाली कांग्रेस सिन्धुलीको गोलन्जोरको गाउँपालिका सभापतिमा बच्चन कुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन्।मंगलबार भएको अधिवेशनमा अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन्।
अधिवेशनबाट कमलामाई नगरमा समुन्द्र श्रेष्ठ. दुधौलीमा पूर्णबहादुर विष्ट, सुनकोशीमा कपिल कोइराला, ध्याङलेख गाउँपालिकामा श्याम कर्माचार्य,हरिहरपुरी गाउँपालिकामा चेखबहादुर थिङ, फिक्कलमा घनश्याम पहाडी र मरिण गाउँपालिकामा संघर्ष थिङ निर्वाचित भएका छन्।
पार्टीको १५ औँ महाधिवेशनका लागि अहिले कांग्रेसको वडाको निर्वाचन सकिएर नगर र जिल्लाको निर्वाचन भइरहेको छ। पार्टीले भारी वर्षाका कारण असहज परिस्थिति उत्पन्न भएको भन्दै महाधिवेशन दुई दिन पछि सरेर असोज १८ गते उद्घाटन राखेको छ।
असोज १३, २०८३ मंगलबार २०:४८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।