प्रधानमन्त्री शाहसँग भारतीय राजदूत नवीन श्रीवास्तवको बिदाइ भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत नवीन श्रीवास्तवको बिदाइ भेट

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन्।

नेपालमा आफ्नो कूटनीतिक कार्यकाल सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत श्रीवास्तवले मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्।

भारतीय विदेश सेवा (आईएफएस) का अनुभवी कूटनीतिज्ञ श्रीवास्तव ३ जेठ २०७९ मा नेपालका लागि भारतको राजदूत नियुक्त भएका थिए।

त्यसपछि ११ असार २०७९ मा काठमाडौं आइपुगेर उनले औपचारिक रूपमा आफ्नो तीन वर्षे कार्यभार सम्हालेका थिए।

तर, भारत सरकारबाट कार्यकाल थप गरिएकाले उनी अहिलेसम्म नेपालमा रहेका हुन्।

असोज १३, २०८३ मंगलबार १३:४४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।