नुवाकोटमा आर्या फार्माल्याबको निःशुल्क स्वास्थ्य शिविर, ६७५ जना लाभान्वित

नुवाकोटमा आर्या फार्माल्याबको निःशुल्क स्वास्थ्य शिविर, ६७५ जना लाभान्वित

काठमाडौं : बाढी तथा विपद् प्रभावित नागरिकलाई लक्षित गरी नुवाकोटमा सञ्चालित निःशुल्क सामुदायिक स्वास्थ्य शिविर सम्पन्न भएको छ।

आर्या फार्माल्याबले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत चितवन मेडिकल कलेजसँगको सहकार्यमा उक्त शिविर आयोजना गरेको हो।

भदौ ३१ देखि असोज ५ गतेसम्म नुवाकोटका विभिन्न स्थानमा सञ्चालित शिविरमार्फत कुल ६७५ जना बिरामीले प्रत्यक्ष स्वास्थ्य सेवा तथा चिकित्सकीय परामर्श लिएका छन्।

शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै १२० जनाको अल्ट्रासाउन्ड (यूएसजी) परीक्षण गरिएको कम्पनीले जनाएको छ। थप उपचार आवश्यक पर्ने जटिल प्रकृतिका बिरामीलाई भने सम्बन्धित अस्पतालमा ‘रेफर’ गरिएको थियो।

यसअघि पनि आर्या फार्माल्याबले विपद् प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारका लागि नेपाल सरकारलाई ८२ लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको औषधिजन्य सामग्री हस्तान्तरण गरेको थियो।

कठिन समयमा नागरिकको स्वास्थ्य रक्षाका लागि यस्ता सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने कम्पनीले जनाएको छ।

असोज १२, २०८३ सोमबार १३:४६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।