होन्डाले ल्यायो ‘फेस्टिभ अफर’ : नयाँ कार खरिदमा १० लाखसम्म नगद छुटसहित थुप्रै सुविधा
काठमाडौं : नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘फेस्टिभ अफर होन्डाको सफर’ नामक विशेष ग्राहक योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले होन्डाको नयाँ कार खरिद गर्दा अधिकतम १० लाख रुपैयाँसम्म आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्।
नगद छुटका अतिरिक्त कम्पनीले नयाँ कार खरिदमा १ आर्थिक वर्षको सडक कर (रोड ट्याक्स) र १ वर्षको पूर्ण बीमा निःशुल्क उपलब्ध गराउने जनाएको छ।
त्यस्तै, गाडी खरिदपछिको सेवालाई झन्झटमुक्त बनाउन ५ वर्षसम्म निःशुल्क सर्भिसिङ र १ वर्षका लागि निःशुल्क सडक सहायता (रोडसाइड असिस्टेन्स) समेत प्रदान गरिनेछ।
पुरानो गाडी साटेर नयाँ लिन चाहने ग्राहकका लागि ‘अन-द-स्पट’ एक्सचेन्ज र आकर्षक एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ।
साथै, स्याकार हायर पर्चेज र एनआईसी एसिया बैंकसँगको सहकार्यमा सहुलियत ब्याजदरमा सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध छ।
कम्पनीका अनुसार यो अफर होन्डाका उत्कृष्ट मोडलहरूमा लागू हुनेछ। यो योजना इन्द्रजात्रादेखि छठ पर्वसम्म देशभरका सम्पूर्ण होन्डा कार सोरुमहरूमा सञ्चालन हुने कम्पनीले जनाएको छ।
असोज १२, २०८३ सोमबार १२:४३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।