मनाङको हिम्लुङ हिमालको बेसक्याम्पमा पहिरो, करिब एक दर्जन बेपत्ता भएको आशङ्का
मनाङ : मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालको बेसक्याम्पमा हिमपहिरो गएको छ।
पहिरोमा परी पर्वतारोहणको तयारी गर्नका लागि गएका व्यक्ति बेपत्ता भएको अनुमान गरिएको छ।
हिमाल आरोहणमा गएका नौ जना पर्वतारोही र १३ जना सहयोगीगरी २२ जनाको टोलीमध्ये करिब एक दर्जन बेपत्ता भएको आशङ्का गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए।
उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर मनाङ आए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि फर्किएको प्रजिअ खनालले बताए। हिमपहिरोबाट के कति क्षति भयो भन्ने एकिन जानकारी प्राप्त हुन नसकेको उनले बताए।
असोज ११, २०८३ आइतबार १७:३४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।