‘सुरक्षा थ्रेटका कारण पूर्व प्रधानन्यायाधीशलाई टेकु ल्याइयो’
काठमाडौं : प्रहरीले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पुर्याएको छ।
सुरक्षा थ्रेट रहेको जानकारी आएपछि उनलाई महाराजगञ्जस्थित निवासबाट कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ। उनी प्रहरी नियन्त्रणमा रहे पनि आधिकारिक विस्तृत जानकारी प्रहरीले सार्वजनिक गरेको छैन।
जबरालाई पक्राउ गरेको नभई सुरक्षा सतर्कताका लागि अपराध अनुसन्धान कार्यालय टेकुमा ल्याइएको अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी हवल्दार सानुबाबु पाण्डेले जानकारी दिए।
"यो पक्राउभन्दा पनि उहाँको सुरक्षा थ्रेटका कारण सुरक्षा दिइएको हो," पाण्डेले भने, "सुरक्षा जोखिमकै कारण उहाँलाई यहाँ ल्याइएको हो, यसबारे अन्य थप विवरण पछि मात्र खुल्नेछ।"
असोज ११, २०८३ आइतबार ०७:५७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।