सशस्त्रका एसपीसँग विवाद परेपछि विभाग तानिए भन्सार अधिकृत भट्ट

सशस्त्रका एसपीसँग विवाद परेपछि विभाग तानिए भन्सार अधिकृत भट्ट

काठमाडौं : सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीसँगको विवादबारे थप अध्ययन तथा छानबिन गर्न भन्सार विभागले कञ्चनपुर भन्सार कार्यालयका अधिकृत चक्रदेव भट्टलाई विभागमा तानेको छ।

विवादसम्बन्धी विभिन्न विवरण सार्वजनिक भएपछि घटनाबारे थप बुझ्नुपर्ने भन्दै विभागले भट्टलाई तत्कालका लागि कञ्चनपुर भन्सार कार्यालयको जिम्मेवारीबाट हटाएको हो। उनलाई त्रिपुरेश्वरस्थित विभागको केन्द्रीय कार्यालयमा हाजिर हुन पत्राचार गरिएको छ।

विभागका अनुसार सार्वजनिक भएका विवरण तथा घटनाको वास्तविकताबारे थप जानकारी लिएपछि आवश्यक निर्णय हुनेछ। भट्ट र एसपी केसीबीच उत्पन्न विवादबारे विभिन्न विवरण सार्वजनिक भएपछि विभागले आफ्नो तर्फबाट थप अध्ययन गर्न भन्सार अधिकृतलाई विभागमा बोलाएको हो। 

भट्टमाथि कारबाहीका रूपमा नभई घटनाबारे थप बुझ्न तत्कालका लागि जिम्मेवारीबाट हटाइएको विभागले जनाएको छ।  

असोज १०, २०८३ शनिबार १४:५८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।