काभ्रेको डाँफे खोलाले बगाउँदा एक जनाको मृत्यु
फाइल तस्बिर
बनेपा : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।
खोलाले बगाउँदा धुलिखेल नगरपालिका-९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतमको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार खोला तर्ने क्रममा गौतमलाई बाढीले बगाएको थियो।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली खटिएर शव नियन्त्रणमा लिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
असोज १०, २०८३ शनिबार ११:३३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।