कांग्रेसको काठमाडौं महानगर सभापतिमा सुशन वैद्य निर्विरोध निर्वाचित

कांग्रेसको काठमाडौं महानगर सभापतिमा सुशन वैद्य निर्विरोध निर्वाचित

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिको सभापति पदमा सुशन वैद्य निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत अनिता जोशीका अनुसार नयाँ कार्यसमितिको खुला उपसभापतिमा शिवनारायण श्रेष्ठ र महिला उपसभापतिमा पम्फा भट्टराई निर्वाचित भएका हुन्।

त्यसैगरी, कार्यसमितिको सचिवमा पञ्चनारायण महर्जन र सहसचिव पदमा रमेश महर्जन निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।

असोज ८, २०८३ बिहीबार १०:१९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।