अमेरिकाले नेपाललाई ३ करोड १० लाख डलर सहयोग गर्ने

अमेरिकाले नेपाललाई ३ करोड १० लाख डलर सहयोग गर्ने

काठमाडौं :​​​​​​​ बाढीपहिरोपछिको पुनर्निर्माण तथा प्रभावित समुदायको राहतका लागि संयुक्त राज्य अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच बुधबार भएको द्विपक्षीय भेटवार्तामा उक्त सहयोगको घोषणा गरिएको हो।

भेटका क्रममा उपविदेशमन्त्री हुकरले घोषित रकममध्ये बाढीपछिको पुनर्निर्माणका निम्ति १ करोड डलर उपलब्ध गराइने जानकारी दिइन्।

यस्तै, बाढी प्रभावित समुदायका लागि स्वच्छ खानेपानी, सरसफाइ, अस्थायी आवास तथा जीविकोपार्जन पुनःस्थापनाका निम्ति ८० लाख डलर प्रदान गरिने र बाँकी रकम अन्य आवश्यक पुनरुत्थानका क्षेत्रमा परिचालन गरिने उनले स्पष्ट पारिन्।

असोज ८, २०८३ बिहीबार ०८:३२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।