कांग्रेस महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सुरु, बाँकीमा भोलि र पर्सि हुने
ललितपुर : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ५१२ स्थानीय तहमा पालिका अधिवेशन सुरु भएको छ।
कुल ७५३ पालिकामध्ये ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशनको उद्घाटन, बन्दसत्र तथा निर्वाचन प्रक्रिया अघि बढेको हो।
अधिवेशन सुरु हुन बाँकी २४१ पालिकामा भने यही असोज ८ र ९ गते प्रक्रिया अगाडि बढ्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
उनका अनुसार अधिकांश पालिकामा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेको छ भने बाँकी पालिकाहरूमा पनि तोकिएकै मितिमा अधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारी पूरा भएको छ।
असोज ७, २०८३ बुधबार २२:५५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।