भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिने

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिने

काठमाडौं : भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सरकारले बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिनका लागि स्थगित गर्ने तयारी गरेको छ।

मौसम प्रतिकूल बन्दा पहिरोको जोखिम बढ्ने भएकाले निर्माण रोकेर यातायात आवागमनलाई सहज र सुरक्षित बनाउन लागिएको हो।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मौसम पूर्वानुमान अनुसार सम्भावित वर्षा र पहिरोको चुनौतीलाई ध्यानमा राखी यस्तो निर्णय गर्न लागिएको बताए।

“सडकमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात सञ्चालनलाई सुरक्षित र सहज बनाउन केही दिन निर्माण कार्य स्थगित गर्न लागिएको हो”, उनले भने।

मन्त्री लम्सालले वर्षा र पहिरोको जोखिम रहेकाले यात्राका क्रममा सतर्कता अपनाउन र अनावश्यक जोखिम नलिन यात्रु तथा सर्वसाधारणसँग आग्रह पनि गरे।

असोज ७, २०८३ बुधबार १८:५६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।