राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेट
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह र नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्माबीच सोमबार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न प्रधानमन्त्री शाह जाने विषयमा केन्द्रित रहेर छलफल भएको थियो।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफल तथा परामर्शका लागि उनीहरूलाई बोलाएका थिए।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन भोलि मङ्गलबार अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्दै छन्। भेटमा आङ्देम्बे र शर्माले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वपक्षीय छलफल बोलाउन उचित हुने सुझाव प्रधानमन्त्री शाहलाई दिएका थिए।
असोज ५, २०८३ सोमबार १४:५२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।