काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी, २० मिनेटपछि पुग्यो दमकल

काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी, २० मिनेटपछि पुग्यो दमकल

काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि सोमबार मध्याह्न एउटा यात्रुवाहक बसमा आगलागी भएको छ। बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायातको उक्त बसमा अचानक आगलागी भएको हो।

आगलागीको यकिन कारण अहिलेसम्म खुल्न सकेको छैन। बसबाट सल्किएको आगोको ज्वालाले सडक छेउछाउमा रहेका बिजुली तथा इन्टरनेटका तारहरूलाई समेत भेटेको थियो।

प्रत्यक्षदर्शीका अनुसार आगलागी सुरु भएको करिब २० मिनेटपछि मात्र दमकल घटनास्थल पुगेको थियो। दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

आगलागीका कारण त्रिपुरेश्वर सडक खण्डमा केही समय सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो।

असोज ५, २०८३ सोमबार १२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।