प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दैछ। सिंहदरबारस्थित संसद् भवनमा बस्ने उक्त बैठकका लागि संसद् सचिवालयले विभिन्न कार्यसूची तय गरेको छ।

सचिवालयका अनुसार, बैठकको सुरुमै सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।

त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्ने तयारी छ।

त्यस्तै, प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्तावसमेत बैठकमा पेस गर्ने कार्यसूची रहेको छ।

असोज ५, २०८३ सोमबार ०७:१४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।