माथिल्लो त्रिशूली- १ को सुरुङमा भेटियो ३७ शव
काठमाडौं : भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको सुरुङभित्र ३७ शव फेला परेको छ। बाढीको २५ औँ दिन आइतबार खोजीमा खटिएको टोलीले थप १३ वटा शव फेला परेको हो।
आइतबार आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र कङ्क्रिटको लागि तयार पारिएको रिबारको जालमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको हो। हालसम्म सो सुरुङमा ३७ जनाको शव फेला परिसकेको छ।
शव नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका-६ स्थित खम्बा स्वास्थ्य परिसरमा राखिएको छ। अझै पनि रसुवागढीको सुरुङभित्र खोजीको कामले गति लिन सकेको छैन। बाढीमा जलविद्युत आयोजनामा कार्यरत ९ सय बढी हराइरहेका छन्।
हालसम्म खोजिकाक्रममा एक चिनिया र दुई नेपाली नागरिक सकुशल भेटिएका छन्। तर खोजी र उद्धारको गति सुस्त हुँदा टोली सुरुङभित्र पुगे पनि जीवित भेटिएका छैनन्।
असोज ४, २०८३ आइतबार २१:२८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।