मनास्लु हिमपहिरोमा परेर दुई आरोहीको मृत्यु
काठमाडौं : मनास्लु हिमालमा आएको हिम पहिरोमा पुरिएर दुई आरोहीको मृत्यु भएको छ। शनिवार राति गएको हिउँ पहिरोकाकारण भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी नेपाली नागरिक फुर्सेम्बा शेर्पाको मृत्यु भएको हो।
सुतिरहेको टेन्ट माथिबाट आएको हिम पहिरोले पुरिएर दुवैको मृत्यु भएको हो। उनीहरू मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए।
दुवै तेस्रो शिविरमा टेन्टभित्र थिए। दुवैको शव करिब सात फिट हिउँले पुरिएको अवस्थामा आइतबार फेला परेको हो। उनीहरूको शव सोमबार हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भएको छ।
असोज ४, २०८३ आइतबार २१:१८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।