कांग्रेसको ७३ जिल्लाको ६ हजार बढी वडामा अधिवेशन सकियो
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनकोक्रममा ७३ जिल्लाका ६१३२ वडामा अधिवेशन पश्चात् निर्वाचन सम्पन्न भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले दिएको जानकारी अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ बाहेक), सुनसरी, सप्तरी (क्षेत्र नं. २ र ४ बाहेक), धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं. २ बाहेक)का वडामा अधिवेशन सकिएको छ।
यसैगरि, रौतहट (क्षेत्र नं. १ बाहेक), बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, नवलपुर, परासी (क्षेत्र नं. २ बाहेक), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व)का वडामा पनि १५ औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशन भएको छ।
रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा समेत अधिवेशन सकिएको छ।
पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत गरी असोज ३ गतेबाट वडा अधिवेशन सुरु भएको हो। सो अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्।
केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २, परासी क्षेत्र नं. २, लगायतमा असोज ५ गते अधिवेशन हुने उनले बताए।
असोज ४, २०८३ आइतबार २०:२८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।