नुवाकोट र रसुवाका बाढी पीडितका लागि नाडाले हस्तान्तरण गर्यो राहत र आर्थिक सहयोग
काठमाडौं : भदौ १० मा भोटेकोशीमा आएको भीषण बाढीबाट पीडित नागरिकहरूका लागि अटोमोवाइल्स एशोसिएस अफ नेपाल (नाडा)ले विभिन्न किसिमका राहत सामग्री हस्तान्तरण गरेको छ।
नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सह कोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई औपचारिक रूपमा उक्त राहत सामग्रीहरू हस्तान्तरण गरेको हो।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटघाट गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ सहयोग उपलब्ध गराइसकेको छ।
असोज ४, २०८३ आइतबार १५:३०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।