जनकपुरधाममा आगलागी हुँदा एक वृद्धको मृत्यु, ३ लाख बराबरको क्षति
जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामानन्द चोकमा गएराति एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार आगलागीमा परी महोत्तरीको लोहारपट्टी नगरपालिका–२ घर भएकी ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो।
आगलागीबाट घरायसी सामानहरू नष्ट भई करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगालागी गएराति भएको हो।
विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। स्थानीय बासिन्दा, नेपाल प्रहरी र स्थानीय तहको बारुणयन्त्रको संयुक्त प्रयासमा आगो निभाइएको थियो।
असोज ४, २०८३ आइतबार १०:२२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।