सप्तरीबाट करिब २० क्विन्टल गाँजासहित दुई जना पक्राउ

सप्तरीबाट करिब २० क्विन्टल गाँजासहित दुई जना पक्राउ

काठमाडौं : सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट प्रहरीले घरमा भण्डारण गरी राखिएको करिब २० क्विन्टल लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

घरमा गाँजा भण्डारण गरी राखिएको सूचना प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले स्थानीय भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्रहरीले भोलाको घरमा ५६ पोका र मंगलको घरमा ८ पोका गरी जम्मा ६४ पोका गाँजा फेला पारेको थियो। उनीहरू दुवै जनालाई गाँजासहित नियन्त्रणमा लिइएका प्रहरीले  जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

असोज ४, २०८३ आइतबार ०९:४४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।