घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान्‌ प्रहरी नियन्त्रणमा

घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान्‌ प्रहरी नियन्त्रणमा

काठमाडौं : उदयपुरको चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँमा घरायसी विवादका क्रममा श्रीमान्‌को प्रहारबाट घाइते भएकी श्रीमती बिमला राईको उपचारका क्रममा मृत्यु भएको छ। 

असोज ४ गते राति करिब साढे १२ बजे मादक पदार्थ सेवन गरेका श्रीमान्‌ ५८ वर्षीय गन्दुराम राईले विवाद हुँदा बिमलालाई धारिलो हतियार प्रहार गरेका थिए। घटना लगत्तै उनी आफैँ अस्थायी प्रहरी पोष्ट माडिबास पुगेर जानकारी गराएका थिए। 

घटनाको जानकारी पाएपछि तत्काल प्रहरी हवल्दारको कमाण्डमा खटिएको दुई सदस्यीय टोलीले घाइते बिमलालाई उद्धार गरी नगर अस्पताल बेल्टार पुर्याएको थियो। उपचारकै क्रममा उनको राति सवा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले श्रीमान्‌ गन्दुरामलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

असोज ४, २०८३ आइतबार ०९:३१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।