मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव : आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव : आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं : मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको कारण आइतबार देशभर साधरणतया बादल लाग्नुका साथै पहाडी भूभागका केही क्षेत्रमा वर्षा र उच्च हिमाली क्षेत्रमा वर्षासहित हिमपातको पूर्वानुमान गरिएको छ।

लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका थोरै स्थानमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आइतबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ।

देशको तराई भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आइतबार राति देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

असोज ४, २०८३ आइतबार ०७:१२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।