माथिल्लो त्रिशूली-१ को सुरूङबाट थप ११ जनाको शव निकालियो, खोजी कार्य जारी

माथिल्लो त्रिशूली-१ को सुरूङबाट थप ११ जनाको शव निकालियो, खोजी कार्य जारी

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट बेपत्ता भएकामध्ये थप ११ जनाको शव फेला परेको छ।

भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी गर्ने क्रममा अडिट-३ टनेलको जालीमा अल्झिएको र हिलोमा दबेको अवस्थामा ती शवहरू भेटाएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाको उद्धार टोलीले ती शव बाहिर निकालेको छ।

आयोजनाका प्रतिनिधि तथा नेपाली सेनासहितको संयुक्त उद्धार टोलीले आयोजना स्थलमा बेपत्ता भएका अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ।

असोज ३, २०८३ शनिबार १४:५४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।