भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
भक्तपुर : काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्याङ्करले ठक्कर दिँदा शुक्रबार एक महिलाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको ज्यान गएको हो।
जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार कोटेश्वर–जडिबुटी सडकखण्डमा बागमती प्रदेश-०३-००१ प ०६१५ नम्बरको ट्याङ्करले बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक एवं मृतक कार्कीका श्रीमान् (काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका-४ का) देवराज कँडेल घाइते भएका छन्।
दुर्घटनालगत्तै ट्याङ्कर चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
असोज ३, २०८३ शनिबार ०७:१६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।