माथिल्लो त्रिशूली–१ को टनेलमा भेटियो १८ शव

माथिल्लो त्रिशूली–१ को टनेलमा भेटियो १८ शव

काठमाडौं : माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा १८ शव फेला परेका छन्। शुक्रवार खोजी अभियानले गति लिएसँगै सुरुङभित्र शवहरू फेला परेका हुन्।

भदौ १० गतेको विनाशकारी बाढीका कारण  सो सुरुङमा काम गर्नेहरू बेपत्ता भएका थिए। शुक्रबार अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेकोमा पछि थप शवहरू फेला परेका हुन्। आयोजनाको सुरुङबाट यसअघि विभिन्न मितिमा १५ वटा शव निकालिएको थियो। 

बुधवार चिलिमेको टनेलभित्रको खोजी सकिएपछि शुक्रवारबाट माथिल्लो त्रिशूली- मा खोजी सुरु भएको हो। चिलिमेमा ५ वटा शव फेला परेको थियो। अहिलेसम्म जम्मा तीन जनाको मात्रै जीवितै उद्धार भएको छ। सो क्षेत्रमा जलविद्युतमा काम गर्ने नौ सय बढी हराइरहेका छन्। 

असोज २, २०८३ शुक्रबार २३:४१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।