नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

काठमाडौं : नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्।

नवनियुक्त सदस्यहरूमा डा गोपालकुमार चौधरी, डा प्रतिभा विष्ट रोका, डा श्यामेन्द्रबहादुर सिंह, डा बोधविक्रम कार्की र डा सुभित मास्के रहेका छन्।

नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे। 

असोज २, २०८३ शुक्रबार २१:४१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।