बाढी प्रभावित क्षेत्रमा निःशुल्क राहत सामग्री ढुवानी गर्दै ‘याङ्गो’
काठमाडौं : अनलाइन राइड हेलिङ तथा लजिस्टिक प्लेटफर्म ‘याङ्गो’ ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा निःशुल्क राहत सामग्री ढुवानी सेवा प्रदान गरिरहेको छ।
कम्पनीले आफ्नो ‘याङ्गो डेलिभरी कार्गो’ मार्फत रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा १ हजारभन्दा बढी नागरिकसम्म राहत पुर्याउन सहयोग गरेको हो।
कम्पनीले ‘हामी नेपाल’, ‘अस्तित्व नेपाल’ र ‘क्राइसिस कनेक्ट नेपाल’ जस्ता स्थानीय गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै काठमाडौं उपत्यकाबाट प्रभावित क्षेत्रसम्म राहत सामग्री निःशुल्क ओसारपसार गरिरहेको जनाएको छ।
याङ्गो नेपालका प्रमुख सन्तोष पाण्डेले संकटको घडीमा कम्पनीसँग भएको सवारीसाधन, चालक साझेदार र लजिस्टिक सञ्जाललाई समुदायको हित र राहत कार्यमा अधिकतम परिचालन गरिएको बताए।
ढुवानी सहयोगका अतिरिक्त याङ्गोले आफ्नो मोबाइल एपमा ब्यानर राखेर प्रयोगकर्तालाई ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा सिधै सहयोग गर्न सहजीकरण गरेको छ।
यसैगरी, याङ्गोको फ्लीट पार्टनर ‘इजी राइड नेपाल’ ले बाढीपीडितलाई लक्षित गरी खुला रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको छ।
असोज १, २०८३ बिहीबार ११:१७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।