प्रतिनिधिसभाको बैठक बस्दै, सामुद्रिक जैविक विविधतासम्बन्धी सम्झौतामाथि छलफल हुने
काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
अपराह्न १ बजे बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यसैबीच, आजै संसद्का विभिन्न तीनवटा विषयगत समितिको बैठक पनि बस्दैछ।
संघीय संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्न लागेको हो।
असोज १, २०८३ बिहीबार ०७:२१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।